विद्यालयको पृष्ठभुमि

Photo – Binesh Rai
श्री जनता माध्यामिक विध्यालय लोखिमको ऐतिहासिक पृष्ठभुमि

सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिकाको उत्तर पुर्वमा पर्ने लोखिम सिताखोममा अवस्थित श्री जनता माध्यामिक विद्यालयको शुरुवात बि. सं. २०१५ सालको आम चुनावमा आउने झुपडी चिन्हको उम्म्मेद्वार श्री खगेन्द्र क्षेत्रीले चैत्र महिनामा चुनाव खर्चवापत रू. ३० /- हस्तान्तरण गरेर सोहि महिना चैत्रबाटतीन महिनाका लागि रामजित राईलाई शिक्षक पदमा नियुक्त गरि सेक्रेटरी दल कुमार राई र रण केशर राईको सभापतित्वमा वासुकी प्रावि तलाउको नामबाट संचालन भएको हो।

वि. सं. २०१८ सालमा पुन: यस विद्यालयलाई निरन्तरता दिने क्रममा वासुकी प्रावि तलाउको नाम परिवर्तन गरि लोखिम प्रावि तलाउको नामाकरण गरि दल कुमार राई र रण केशर राईको सभापतित्व तथा संयोजकत्वमा शिक्षक सुर्य कुमार राई नियुक्त गरि विद्यालय पठनपाठन सुचारु गरियो। वि. सं. २०१९ सालमा तत्कालिन श्री ५ को सरकारबाट स्वामित्व प्राप्त गरि प्राथमिक कक्षा संचालन भयो। सोहि वर्ष नै जुवा खेलाडि खड्क बहादुर राई, श्याम कुमार राई, मन बहादुर राई, धन प्रसाद राईलाई जनही रु. ६१ दण्ड तिराई सो दण्डवापतको रकम र गाउँलेहरुले उठाएको चन्दा प्रतिघर रु. १ जम्मा पारि सो रकमले विद्यालयको जग्गा खरिद गरि तलाउबाट सिताखोम भन्ने स्थानमा विद्यालय सारी संचालन गरिएको हो।

Shree Janata Secondary School

वि. सं. २०३५ सालमा वि.व्य.स. अध्यक्ष सुश्री नन्द कुमारी राई र तत्कालिन प्र. अ. फणिन्द्र शैजुंको सक्रियतामा लोखिम प्राविबाट नि.मा.वि. कक्षा संचालन गर्दै स्वीकृति लिइयो।त्यहिँ समयमा विद्यालयको नाम लोखिम प्राविबाट श्री जनता नि. मा.वि. राखियो । त्यस वखत विद्यालयलाई श्री रण केशर राई, विन्द्रमान राई, किपा धन राई, बलाजित राई, भिम बहादुर राई, सुइरे राई, नन्दराज राई,श्रीमती पुरीमाया राईले निमावि लाई निशुल्क जग्गा उपलब्ध गराएका थिए। बि.सं. २०४९ सालमा जनता नि. मा. वि. लाई तत्कालिन गा.वि.स. अध्यक्ष श्री पदम बहादुर राई, प्र.अ. श्री लक्ष्मी कुमार राई र स्थानीय चन्दा दाता वृष बहादुर राई आर्थिक सहयोगमा मा.वि. संचालन गर्ने पहल भयो।

Photo – Samar Rai

—— माध्यामिक कक्षा संचालन ——–

शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्रालयबाट मिति २०५२ असोज २६ गतेको पत्रमार्फत शै. स. २०५०/५१ बाट लागु हुने गरि माध्यामिक तहमा व्यावसायिक विषय “शिक्षा शिक्षण” रहने गरि अनुमति प्राप्त भयो। साथै वि. सं. २०७३ असार २६ को शिक्षा मन्त्रालयको निर्णयअनुसार शैक्षिक सत्र २०७३ देखि कक्षा ११ मा शिक्षा संकायको अध्यापन गर्ने अनुमति प्राप्त भै माध्यामिक शिक्षा कक्षा १२ सम्म संचालन भैरहेको छ।

——- तीनवर्षे बालि विज्ञान संचालन ——–

गाउँपालिका प्रमुख अशिम राईको विशेष पहलमा २०७६ असोज ८ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT ) बाट सम्बन्धन लिएर शैक्षिक सत्र २०७६ बाट जनता माध्यामिक विद्यालयमा तीनवर्षे बालि विज्ञान (Diploma in Agriculture – Plant Science)को कक्षा संचालन हुदै आएको छ । अध्यापन संचालनका लागि जनता मावि लोखिमकै भवन प्रयोग हुदै आएको छ भने सरकारको लगानी विना निजि स्रोतबाट संचालन भैरहेको छ।  

Principal’s Tenure at JSS
नियुक्ति वर्षनामावली स्थायी ठेगाना
वि. सं. २०३१ / १० / ०९ फणिन्द्र सैंजु दिक्तेल, खोटाङ
वि. सं. २०३२/ ०७ / १३ अंक बहादुर वन जुबु, सोलुखुम्बु
वि. सं. २०३३ / ०५ / ०४ फणिन्द्र सैजुंदिक्तेल, खोटाङ
वि. सं. २०३६ / ०१ / १२ गोविन्द आचार्य दिक्तेल, खोटाङ
वि. सं. २०३६ / ०५ / १८ केश ब. कोइराला सल्यान, सोलुखुम्बु
वि. सं. २०३८ वासुदेव निरौला सल्यान, सोलुखुम्बु
वि. सं. २०३९ शिव नारायण मण्डल भारदह, सप्तरी
वि. सं. २०४०/ ०५ / १४ लक्ष्मी कुमार राई जुबु, सोलुखुम्बु
वि. सं. २०४२ / १० / ०९ तिर्ज बहादुर राई बुइपा, खोटाङ
वि. सं. २०४४ / ०८ / १४ लक्ष्मी कुमार राई जुबु, सोलुखुम्बु
वि. सं. २०४९ / ०२ / ०८ डिल्ली बहादुर खुलाल ऐसेलुखर्क, खोटाङ
वि. सं. २०५४ / ०७ ईश्वर मान राई माक्पा, खोटाङ
वि. सं. २०५८ भद्र बहादुर तामाङलोखिम, सोलुखुम्बु
वि. सं. २०५९ लक्ष्मी कुमार राई जुबु, सोलुखुम्बु
वि. सं. २०७१ /१० ०१ राज कुमार राई बाक्सिला, खोटाङ
वि. सं. २०७३ / ०४ / २९ दिपेन्द्र बहादुर शाही कालिकास्थान, कालिकोट
वि. सं. २०७४ / ०३ / ०८ हस्त बहादुर राई लोखिम, सोलुखुम्बु
List of principals @ JSS